‘केपी ओली कप’ फुटबल प्रतियोगिता फागुन ११ देखि
बाँके\नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउनेभएका छन् ।
एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्रवार पत्रकार सम्मेलन गरी फागुन ११ देखि १७ गतेसम्म आयोजना हुने ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९’ प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने बताएको हो ।
एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्रवार पत्रकार सम्मेलन गरी फागुन ११ देखि १७ गतेसम्म आयोजना हुने ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९’ प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने बताएको हो ।
प्रतियोगितामा ‘ए डिभिजन’ लिगका क्लव सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताका लागि माघ १७ गतेसम्म टोली दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । एन्फाको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदानमा हुनेछ ।
यस्तै, फाइनल खेल दशरथ रंगशालामा आयोजना हुने आयोजकले जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा समेत लिग चरणका खेलहरु हुनेछ । सात दिनसम्म सञ्चालन हुन प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उदयीमान खेलाडी र विधागत उत्कृष्ट हुनेले समान ५० हजार प्राप्त गर्नेछन् । यसैगरी प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार, ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपियाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।युवा संघका अध्यक्ष किरण पौडलले प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने बताए ।




प्रतिक्रिया दिनुहोस्