बाँके / राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालका केन्द्रिय सदस्य सुमन केसिले पाटिको साधारण सदस्य समेत नरहने गरि पाटी परित्याग गरेको सामाजिक संजाल फेसबुक मार्फत घोषणा गरेका छन् ।

राप्रपा नेपाल कोहलपुर नगरपालिका वडा – १ को अध्यक्ष समेत रहेका केसिले पार्टीको सम्पूर्ण जिम्मेवारी त्याग गर्दै राप्रपा नेपाल छाडेको घोषणा गरेका हुन् ।
उनले बिज्ञप्ती जारी गर्दै युवालाई प्रयोगशालाका रुपमा मात्रै प्रयोग गर्दै राजनीति सिमित व्यक्तिको इच्छा चाहनामा मात्र सिमित राख्न राजनीतिक नेतृत्व लागि परेकाले वितृष्णा जागेर राप्रपा नेपाल परित्याग गरेको बताएका छन् । उनले जारी गरेको राजिनामामा भनिएको छ‘नेपालमा सशस्त्र द्वन्द्वपछि राजनीतिक परिवर्तनको साक्षी रहेर जनआन्दोलन ०६२/०६३ को ऐतिहासिक राजनीतिक परिवर्तनमा सहभागिता जनाइसकेपछि मेरो पुस्ताले राजनीतिसँग ठुलो अपेक्षा गरेका थियौं । मेरो पुस्ता फरक फरक राजनीतिक दल निकट रहेर पाटीका एजेण्डाहरुलाई सफल बनाउन कुनै कसर बाँकी नरोखेको पुस्ता हो भन्दा लज्जाबोध भइरहेको छ । हामी युवा पुस्तालाई राजनीतिक दलका नेताहरुले प्रयोगशालाको रुपमा प्रयोग गर्दा हामी प्रयोग मात्र भइरह्यौं । २०६८ सालमा तत्कालिन राप्रपा नेपालको सदस्यता ग्रहण गरेर राजनीतिमा सक्रिय रहदै आउँदा अहिले राजनीति सिमित व्यक्तिको इच्छा चाहनामा मात्र सिमित रहेको महशुस मैले गरेको छु । अतः आजका दिनदेखि म राप्रपा नेपालको कुनै पनि जिम्मेवारीमा नरहने निर्णय गरेको छु ।”