बाँके ÷कोहलपुर नगरपालिका वडा नं १५ को वडा अध्यक्ष दिपेन्द्र चौधरी सहितको प्यानल विजयी भएको छ । कोहलपुर नगरपालिका वडा नं १५ मा २ हजार ७ सय ९१ खसेको मतमा ११९८ ल्याएर चौधरी विजयी भएका हुन् ।


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ६७९ मत प्राप्त गरेका छन् । राप्रपाका का उम्मेदवार ओमप्रकाश चौधरीले ५९७ मत प्राप्त गरेका छन् । उक्त वडा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले नै जितेको थियो ।


कोहलपुर वडा नं १५ को मतगणना अनुसार नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार पूर्ण प्रसाद आचार्यले १२४९ मत प्राप्त भएको छ । त्यस्तै नेकपा एमालेका मेयर पदका उम्मेदवार खिल प्रसाद भुषालले ६७९ , नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले २०० मत प्राप्त गरेका छन् भने राप्रपाको तर्फबाट प्रदिप शाह ले ४५१ मत प्राप्त गरेका छन् ।


साथै उपमेयर पदमा नेपाली कांग्रेसकी संगित सुवेदीले १२०४ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेकी अस्मीता थारुले ६६६ मत प्राप्त गरेकी छिन् , नेकपा माओवादी केन्द्र गठबन्धन तर्फकी नारायणी वलिले ५१ मत प्राप्त गरेकी छिन् भन् राप्रपा को तर्फबाट सावित्री घिमिरेले ४७१ मत प्राप्त गरेकी छिन् ।