ईलाका प्रहरी कार्यालयमा पहिलाे पटक जुवातासमा पक्राउ परे ५०/५० हजार बुझाउनु पर्ने, दाेस्राे पटक पक्राउ परे १/१ लाख बुझाउनु पर्ने भन्दै जुवाडेकाे खुलासा

काठमाडौं डेस्क
काठमाडौं / चैत्र २१ गते कोहलपुर बसपार्कबाट प्रहरीले ३ लाख ६२ हजार ६ सय ५० रुपैयाँ सहित ५ जुवाडेलाई होटल रेडिसनबाट नियन्त्रणमा लिन्छ । राती होटल रेडिसनमा हार जीतको खेल सहित ठुलो रकमको जुवा तास खेल भइरहेको सूचना प्रहरीले पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले सो होटलमा छापा हानेको हुन्छ ।

संयोगवस सोही दिन इलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुखको जिम्मेवारी पाएर प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐन बहादुर मल्ल सरुवा भएर कार्यसम्पादन शुरु गरेका हुन्छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जुवा खालबाट नगदसहित पाँच जनालाई पक्राउ गरिएको पुष्टि गरेपछि घटनाका सम्बन्धमा विद्युतीय, अनलाइन तथा छापा सञ्चार माध्यमहरुमार्फत कोहलपुर नगरपालिका– १३ का २५ वर्षीय थमन केसी, २६ वर्षीय अरुण खत्री, ३१ वर्षीय शुसिल ओली, ४३ वर्षीय प्रकाश खत्री र ३७ वर्षीय नरबहादुर खत्रीलाई जुवाको खालबाट प्रहरीले नियन्त्रणमा लिएर जुवा ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीको भनाई हुन्छ ।

नगद सहित जुवाडे प्रक्राउ परेको घटना सार्वजनिक भएलगत्तै नगर क्षेत्रमा पक्राउ परेका जुवाडेहरुलाई छुटाउने चलखेल सुरु भएकाे चर्चा त्यतिखेर नै बाहिर आएको थियो ।

कोहलपुर प्रहरीका केही अधिकृतले आर्थिक लाभ लिएर जुवाडे रिहा गर्नेबारे छलफल चलिरहेको स्थानिय पत्रकार, सञ्चारकर्मीलाई सूचना प्राप्त भएपछि यस सम्बन्धमा पनि केही सञ्चार माध्यमहरुमार्फत समाचार प्रकाशन भएको थियो । इलाका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी लिएकै दिनमा प्रहरीले छापा मारेर जुवाडे पक्राउ परेको सन्देश दिन प्रहरीले विशेष भूमिका निर्वाह गरेको थियो ।

यस विषयमा यस अनलाइन न्युज पोर्टलले खोज पत्रकारिताको सिद्वान्तलाई आत्मसाथ गर्दै शुक्ष्म अनुसन्धान गर्दा प्रहरीका कर्मचारीले ठुलो आर्थिक लाभ लिएको प्रमाण फेला परेको छ । जुवाको खालमा प्रहरीले उल्लेख गरेको पौने ४ लाख रुपैयाँमात्र नभएर करिब ७ लाख बढि रकम प्रहरीले नियन्त्रणमा लिएकोमा पौने ४ लाख जति मात्र नियन्त्रणमा लिएको भन्दै बाँकी रकम दामासाहीले दर्जा अनुसार सादा पोषाकका प्रहरीदेखि केही प्रहरी अधिकृतहरुले बाँडफाँड गरेको रहस्य न्युज नमस्ते अनलाइनलाई प्राप्त भएको छ ।

यही घटनासँग सम्बन्धित भिडियो जसमा प्रक्राउ परेर धरौटीमा रिहा भएका एक जुवाडेको दृष्य सहितको संवाद स्रोतले हामीलाई उपलब्ध गराएपछि प्रहरीको नियतबारे प्रश्न चिन्ह खडा भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/USoCFsAmL3c
सुन्नु हाेस, हेर्नू हाेस, खुलासा

भिडियोमा एक जुवाडेले डिएपीलाई ५० हजार नगद बुझाएको संवादमा उल्लेख गरेका छन् । पछि बुझ्दा पक्राउ परेको ५ जना जुवाडेले प्रति व्यक्ति ५० हजारका दरले डिएसपीलाई र वकिलाई पनि १३ हजारका दरले पाँचै जवाडेले रकम बुझाएका रहेछन्, यो कुरा जुवाडेको संवादमा उल्लेख छ ।

साथै भिडियो संवादमा सिंघमले यस्तो गर्याे कि ३ लाख ६२ हजार मात्र देखायो तर ७ लाख बढि रकम जुवाको खालबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । सिंघम इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत सादा पोषाकका प्रहरी हुन् । स्पष्ट रुपमा ति जुवाडेले करिब ४ लाख रकम प्रहरीले बाँडफाँड गरेको दावी गरेका छन् ।

यस विवादमा मुछिएपछि कोहलपुर प्रहरी कार्यालयले आईतबार छानविन समिति तयार गरि सत्यतथ्य पत्ता लगाई दाेषिमाथि कार्वाहि गर्ने ईलाका प्रहरी कार्यालय स्राेतले जनाएकाे छ ।

मुलुकी अपराध संहिता २०७४ को भाग २ अन्तर्गते परिच्छेद ५ को दफा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गरेमा हुने कारवाही तथा सजाय उल्लेख गरिएको छ । दफा १२५ को उप–दफा १ को क बमोजिम पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा बीस हजार रुपैया जरिवाना तोकिएको छ । यस्तै दोस्रो पटक खेल खेलाउनेलाई १ वर्ष कैद र ५० हजार जरिवाना त्यसपछिको कसुरमा ३ महिना थप कैद र १० हजार जरिवाना सहितको सजाय हुने उल्लेख गरिएको छ । यस दफामा जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चल अचल सम्पत्ती जफत हुने उल्लेख गरिएको छ ।

तर प्रहरीले प्रक्राउ गरेका अधिकांश जुवाडेहरु साधारण धरौटिमा छुट्दै आइरहेका छन् । यस विषयमा स्रोतले दावी गरेअनुसार प्रहरी अधिकृत देखि वकिलहरुले सामान्य मुचुल्का बनाई प्रक्राउ परेका जुवाडेहरुलाई साधारण धरौटीमा रिहा हुन सहज बतावारण मिलाइदिएका हुन्छन् र त्यसो गरेवापत ठुलो आर्थिक लाभ प्रहरीले लिने गरेको तथ्यहरु सार्वजनिक भैरहेकाे पाईन्छ ।