नेपाली काँग्रेस बाँकेका प्रभावशाली युवा नेता निम बहादुर चलाउने (निरज)ले नयाँ अनुहारलाई समर्थन जनाउँदै जिल्ला सदस्यको प्रत्याशीमा आपूmलाई प्रस्तुत गरेका छन् । यही फाल्गुण १९ गते नेपाली काँग्रेस बाँकेको जिल्ला अधिवेशन अन्र्तगत चुनावी कार्यक्रम तय भइसकेको छ । जिल्ला सचिव पदमा उनलाई सम्भावित सफल उमेद्वारको रुपमा उनलाई हेरिएकोमा संस्थापन समूहबाट जिल्ला सचिव पदमा युवा नेत्री सञ्जु कुमारी थारु र रबिन्द्र हमाललाई समर्थन जनाउँदै चलाउनले जिल्ला सदस्य पदमा उमेद्वारी घोषणा गरेका छन् । अहिले संस्थापन समूहमा चलाउनले देखाएको त्याग र उदारताको चर्चा चुलिएको छ । राजनीतिमा नयाँ अनुहारलाई अगाडी बढाउँदै टिममा देखाएको सदासहायताले चलाउनेको राजनीतिक यात्राले नयाँ उचाई लिएको काँग्रेस सम्बद्व नेता कार्यकर्ताहरुको बुझाई रहेको छ ।
राजनीतिमा व्यक्ति भन्दा पनि पाटी संस्थागत हुनुपर्छ भन्ने मान्यता राख्ने चलाउने नेतृत्वको खिलाव कहिल्यै प्रस्तुत भएनन् र नोपली काँग्रेसभित्र प्रचुर सम्भावना बोकेका नेताको छवि समेत बनाउन सफल रहेका छन् ।


यस अघि सभापति पछिको महत्वपूर्ण पद सचिवमा संस्थापन समूहबाट घोषणा हुन बाँकी रहेपनि युवा नेता निम बहादुर चलाउने (निरज)को चर्चाले व्यापकता पाएको थियो । संस्थापन इतर समूहबाट सचिव पदका लागि सुधांशु कोइराला र आशिष काफ्लेको उमेद्वारी घोषणा भइसकेको अवस्थामा संस्थापनबाट सचिवमा चलाउनेको उमेद्वारी पक्कापक्ी जस्तै भएकोमा अन्ततः राजनीतिमा क्षमतावान नयाँ अनुहारलाई स्थापित गराउने ध्येय अनुसार लामो छलफलपछि आपूmले सो सचिव पदका लागि छाडेको उनको भनाई छ । विकासप्रेमी नेताको छवि बनाएका चलाउने कोहलपुर नगरपालिका वडा नं. १० को निर्वाचित वडाध्यक्ष समेत हुन् । वडाध्यक्षमा निर्वाचित भएपछि उनल वडामा रहेका विपन्न तथा न्यून आयस्तर भएका वडावासीको घरदैलोमै पुगेर आवश्यक सहयाता उपलब्ध गराउँदै आएका छन् । जब उनी वडामा रहेका अपाङ्ग तथा न्यून आयस्तर भएका घरमा पुग्छन्, खाली हात आउँदैन् भन्दै लक्षित परिवार हर्षित हुने गरेका छन् उनी वडामा मात्र नभएर क्षेत्रभर नै स्पष्ट वक्ता र सहि निर्णय लिन सक्ने क्षमता भएका नेताका रुपमा परिचित छन् । उनले आफ्नो पारिश्रमिकबाट केही रकम वडा तथा नगर क्षेत्रमा रहेका अति विपन्न परिवार, अपाङ्गता भएका व्यक्ति तथा न्यून मजदुर श्रमिकवर्गहरुलाई निरन्तर रुपमा आर्थिक सहायता समेत गर्दै आइरहेका छन् ।
युवा नेता चलाउनको राजनीतिक यात्रा ः
२०५१ सालको आम चुनावमा दाङ बिजौरी गाविसको प्रचार प्रसार संयोजकको जिम्मेवारी पाएकोमा उनले कुशलतापूर्वक पार्टीले दिएको जिम्मेवारी पुरा गरेका थिए । मध्यावधी निर्वाचनमा उनको लोकप्रियता ह्वात्तै बढेको देखेर विपक्षी संसदवादी अन्य दलका नेताहरुले राजनीतिक प्रतिशोध साँध्न रचेको षडयन्त्रमा परेर प्रहरी गिरफ्तारीको सूचीमा समेत परेका थिए । काँग्रेसका प्रभावशाली नेता स्व. खुम बहादुर खड्का, दीपक गिरी, गेहेन्द्र गिरी लगाएत उनी सहित २८ जना प्रहरी गिरफ्तारीको सूचीमा परेपनि चलाउने पक्राउ पर्नबाट जोगिएका थिए । त्यो बेला प्रहरी गिरफ्तारी तथा गिरफ्तारीको सूचीमा पर्नेमध्येमा चलाउने सबैभन्दा कान्छो उमेरका थिए । काँग्रेस नेता स्व. खुमबहादुर खड्कालाई आफ्नो राजनीतिक गुरु मान्ने चलाउने तत्कालिन माओवादी पार्टीले गरेको विद्रोहका कारण गाउँमा असुरक्षित बन्न पुगे । बिद्रोही पक्षबाट निरन्तर धम्की आइरहेपछि २०६३ सालमा दाङबाट बसाई सरेर कोहलपुरमा आइपुगे । राजनीतिक चेतना उच्च भएका, स्पष्ट वक्ता चलाउने कोहलपुरमा यातायात ब्यवसायीको रुपमा परिचय बनाए । उनी १० वर्ष ४ कार्यकाल नमस्ते नेपाल यातायात व्यवसायी समितिको निर्विरोध अध्यक्ष भएर उनले नेतृत्व गरेको यातायात व्यवसायी समितिलाई सबै कोणबाट सफल र स्थापित संस्थाको रुपमा विकसित गर्न सफल भए । यातायात व्यवसायी तथा मजदुरहरुका साझा समस्या समाधानका लागि विशेष भूमिका निर्वाह गर्दै उनले कोहलपुरमा स्तरीय उत्कृष्ठ सेवा सहितको रेष्टुरेन्ट सञ्चालन गरेर सफल उद्यमीको पनि परिचय बनाउन सफल भए । यस क्षेत्रको शैक्षिक क्षेत्रमा पनि उपस्थिती जनाउँदै कोहलपुरमा नमूना विद्या सदन नामको निजी विद्यालय सञ्चालन गरेर शैक्षिक अभियन्ताको रुपमा पनि उनले आपूmलाई अघि सारे । अहिले करोडौको लगानीमा कोहलपुरमा सञ्चालन गरिरेहको ट्रि–टप ह्याभेन रेष्टुरण्टलाई तीन तारे होटलमा अद्यावधिक गर्दै निर्माण अन्तिम चरणमा पु¥याएका छन् । उनले सञ्चालन गरेका निजी क्षेत्रका व्यवसाय तथा विद्यालयमा गरेर करिब १ सय बढिले प्रत्यक्ष रोजगारी समेत पाइरहेका छन् । तारे होटल सञ्चालन भएपछि रोजगारी संख्या निश्चित छ । उनले आपूmलाई यस क्षेत्रका सफल रोजगारदाताहरुको सूचीमा आफूलाई प्रस्तुत गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी संघको भेरी अञ्चल सचिव समेत रहेका चलाउने २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टीले अघि सारेका उमेद्वारलाई बिजयी बनाउन सबै चुनावी गतिविधीमा सक्रिय सहभागिता जनाउँदै नेपाली काँग्रेसको १२ औँ महाधिवेशन अन्र्तगतको नगर अधिवेशनमार्फत नेपाली काँग्रेस कोहलपुर नगर समितिको सचिव पदमा चयन भएका थिए । १३ औं महाधिवेशनमार्फत क्षेत्रीय प्रतिनिधीमा चयन भएका चलाउने नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ को संगठन विभाग प्रमुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह समेत गरे । २०७४ सालको स्थानिय तहको निर्वाचनमा कोहलपुर नगरपालिका वडा नं. १० को वडाध्यक्षको उमेद्वार बनेका चलाउने लोकप्रिय मतसहित वडाध्यक्षमा निर्वाचित भए ।