बाँके एमाले अध्यक्षमा कक्षपति सर्वसम्मत चयन
बाँके/
एमाले बाँकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति सर्वसम्मत चुनिएका छन । कक्षपति खजुरा गाउँपालिकाका अध्यक्षसमेत हुन् ।
अध्यक्ष पदमा उम्मेदवार बनेका कक्षपति विरुद्ध उम्मेदवारी दिएका निरक गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कक्षपति निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका अशोक कर्माचार्यले यस अघि नै उम्मेदवारी फिर्ता लिई सकेका थिए ।

प्रतिक्रिया दिनुहोस्