प्रहरीले सडकमा अवरोध गर्दै हिँड्ने ६ जनालाई काठमाण्डौबाट पक्राउ गरेको छ ।

बन्द गराउँदै हिँडेका उनीहरुलाई काठमाण्डौको महाराजगञ्ज र साँखुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकामा अहिले सामान्यमा रुपमा गाडी चलिरहेका छन् । हिजो र अस्तिको भन्दा सार्वजनिक गाडी कम भए पनि निजी गाडीको सङ्ख्या धेरै छ । गाडीको आवागमनलाई सहज बनाउन र सडकमा कुनै अवरोध हुन नदिन काठमाण्डौ उपत्यकाका चोकचोकमा बिहानैदेखि प्रहरी खटिएका छन् ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ले आज गरेको बन्दका कारण यात्रुले सास्ती पाएका छन् ।