बत्ती गइरहने भन्दै उपभोक्ताबाट गाली खाएका छौँ, सबस्टेशन र प्रसारण लाइनको काम छिटो सकौँ घिसिङ ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा र अर्खाखाँचीको सन्धिखर्क नगरपालिकामा १३२र३३र११ केभी सबस्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेशन क्रमशस् आउँदो १५ मङ्सिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।
बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेशनमा अन्तिम चरणका काम भइरहेको हो ।
सबस्टेशनमा ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरू रहने छन् । सबस्टेशनका सबै उपकरणको जडान सम्पन्न गरी परीक्षण भइरहेको छ । पूर्व–पश्चिम १३२ केभी लाइनलाई आठ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेशनमा लगिने छ । यसका लागि टावर निर्माण गरिसकिएको छ भने तार तान्ने काम भइरहेको छ ।
आयोजना अन्तर्गतको मोतीपुर–सन्धिखर्क खण्डको प्रसारण लाइनमा पर्ने एक सय ६ वटा टावरको जग हालिएको छ जसमा ८७ वटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टाँगिएको छ । यस खण्डको प्रसारण लाइनको लम्बाइ ६८ किलोमिटर छ । प्रसारण लाइनको निर्माण आउँदो १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।
मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सबस्टेशनको निर्माण सम्पन्न भइ सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिने छ । यसबाट कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ । यसबाट विद्युतको प्राविधिक चुहावट पनि कम हुने छ । अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घार्खाँची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको छ ।
३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प–झ्याप्प बत्ती जाने र भोल्टेजको समस्या छ । साथै प्राविधिक चुहावट पनि छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मोतीपुर सबस्टेशन र प्रसारण लाइन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अगाडि नै काम सक्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्