काठमाडौं । नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच शुक्रबार हात हालाहाल भएको छ । काठमाडौंको रामशाहपथस्थित नेपाल बारको भवनबाहिर हात हालाहात भएको हो ।

अधिवक्ता भूमिनन्द चुडाल पिटिएका हुन् । उनले अर्का कानुन व्यवसायी विराट न्यौपानेले हातपात गरेको बताएका छन् । अब कनुनी उपचारमा जाने भूमिनन्दको भनाइ छ ।

चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए । “मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले,” उनले भने, “मेरो कोट पनि च्यातिएको छ । बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु ।”

नेपाल बार एसोसिएसन कार्यसमितिको बैठक भित्र बसिरहेको समयमा बाहिर यस्तो घटना भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बारको बैठक बसेको हो ।