दुई दिने पशुपालन सम्बन्धि तालिम हवल्दारपुरमा सम्पन्न ।

दुई दिने पशुपालन सम्बन्धि तालिम हवल्दारपुरमा सम्पन्न भएको छ । त्रिबेणी समाज बिकासको आयोजनामा घनश्याम आचार्यको प्रमुख आथित्यतामा तालिम सम्पन्न भएको हो। तालिममा बोल्दै घनश्याम आचार्यले आधुनिक र व्यवसायिक तरिकाले गाई,भैंसी तथा बाख्रा पालन गरी आम्दानी गर्ने तथा तालिममा सिकेका कुराहरुलाई लागु गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । तालिममा २४ जना पशुपालक कृषकहरुको सहभागीता रहेको थियो। तालिमको सहजिकरण दिल बहादुर खड्का र रामसुस्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्