बढदो कोरोना भाइरसको महामारी जोखिम न्यूनिकरणमा सहयोग पुर्याउन कोहलपुरमा “म पनि मास्क लगाउँछु” अभियान थालनी गरिएको छ ।
द्रुत प्रतिक्रिया केन्द्र(QRC) कोहलपुरको संयोजनमा बुधवारदेखि अभियान शुरु गरिएको हो । कोहलपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कर्ण बहादुर थापाले अभियानको थालनी गरेका हुन् । वडाध्यक्ष थापाको प्रमुख आथित्यतामा शरु गरिएको अभियान शुभारम्भ कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारी, उद्योग वाणिज्य संघ कोहलपुरकी उपाध्यक्ष संगीता सुवेदी, जिल्ला ट्राफिक कार्यालय कोहलपुरका प्रहरी निरीक्षक ओम पौडेल लगाएत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । अभियान शुभारम्भ दिन बुधवार कोहलपुर चौराहा क्षेत्रका यात्रु तथा बटुवाहरुलाई गरी २०० थान मास्क वितरण गरिएको छ । म पनि मास्क लगाउछु र अरुलाइ पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने मुल नाराका साथ केन्द्रले अभियान सञ्चालन गरेकोबताइएको छ ।


कोरोना भाइरसको तेर्सो भेरियन्टको प्रभावको जोखिम तथा जिल्लामा कोभिडको संख्या बढ्दै गएका कारण अभियान सन्चालन गरिएको अभियान संयोजक सरोज राज शाहीले जानकारी दिए । अभियान एक हप्तासम्म सञ्चालन गरिने पनि संयोजक शाहीले जानकारी दिएका छन् । अभियान संयोजन गरेको संस्था विगत देखि विभिन्न सामाजिक गतिविधीमा सक्रिय रहँदै केही समय अघि गन्धर्व वस्तीका विपन्न परिवारलाई कृष्ण जन्माष्टमिको अवसरमा खाद्यान्न सहयोग गरेको थियो ।