पहिरोका कारण दाङ–प्युठान सडकखण्ड अवरुद्ध ।

दाङ–प्यूठान सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । पहिरोले मदन भण्डारी सहायक मार्ग दाङको घोराही–मुर्कुटी हुँदै प्युठान जाने सडकखण्डमा पर्ने कुइने मोड नजिकै बाटो माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
पहिरो गएपछि बिहानैदेखि यस सडकमा दर्जनौं गाडीहरु बीच बाटोमै रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् । सडकमा खसेको पहिरो हटाउनका लागि कुनै पहल नभएको स्थानीयले बताएका छन् । गएराति आएको अविरल वर्षाका कारण पहिरो खसेको हो ।
प्रतिक्रिया दिनुहोस्