दाङमा दुई दिनदेखि परेको अविरल वर्षाका कारण घर भत्कियो ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण दाङको तुलसीपुर उपमहानगरपालिका(११ बेलगनारमा एक घर भत्किएको छ । लगातारको वर्षाका कारण आज बिहान रामु चौधरीको घर भत्किएको हो ।
घर भत्किँदा साढे दश लाख बराबरको क्षति भएको जनाइएको छ ।
घर भत्किँदा अन्नपात सबै नष्ट हुनुका साथै घरमा भएको नगद २ लाख रुपैयाँ नगद पनि नभेटिएको स्थानीय महेश थारुले बताउनु भयो ।
परिवारका सबै सदस्य उठेर घर बाहिर भएकाले मानवीय क्षति भने नभएको थारुले बताउनुभयो।
चौधरी परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्