दाड./ राप्ती गाउँपालिका वडा नं ७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को कार्यान्वयनको अवस्थाबारे समीक्षा गरिएको छ ।
राप्ती गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ५ गाउँका प्रतिनिधि मुलक सहभागीतामा समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा केन्द्रित समूह, सामाजिक अभियन्ता, गैर सरकारी संस्था, युवा लगायतका सहभागीका लागि साझा प्रश्नहरु राखेर समीक्षा गरिएको हो ।
स्वान संस्थाका सहजकर्ता राममोति चौधरीले सहजीकरण गर्नुभएको समीक्षा कार्यक्रममा वडा अध्यक्ष विद्याशरण चौधरीले वडा नं ७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका बारेमा जानकारी गर्दै बेरोजगारहरुको संख्या अत्यधिक रहेको तर सोचे अनुसार रोजगार दिन कठिन रहेको बताउनु भएको छ ।
वडा अध्यक्ष विद्याशरण चौधरील पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रमको गलत ब्यख्या गरिएको हुदा कामको सदुपयोग गर्न नसकिएको सहभागीहरुले विचार ब्यक्त गर्नु भएको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको केन्द्रित समुह छलफल मार्फत व्यक्तिगत जानकारी, व्यक्तिगत जानकारी लिईएको थियो ।
समीक्षाका लागि सहभागी मार्फत रोजगारीको हक सम्वन्धी ऐन, २०७५ को बारेमा कत्तिको जानकार, प्रधानमन्त्री रोजगार कार्यक्रमका बारेमा समूदाय तहमा कत्तिको जानकारी ,यदि जानकारी छ भने कुन निकायबाट वा कुन माध्यमबाट जानकारी पाएको जस्ता प्रश्न मार्फत उत्तर खोजीएको थियो ।
ऐनले आर्थिक रुपमा विपन्न भई रोजगारीको लागि सूचिकृत भएका व्यक्तिले एक आर्थिक बर्षमा कम्तिमा १०० दिन रोजगारी प्राप्त गर्ने र सो बमोजिमको रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा बेरोजगार अथवा निर्वाह भत्ता उपलव्ध गराउनुपर्ने कानूनी व्यवस्था छ, सो विषय यहाँको पालिकाको हकमा कार्यान्वयनमा आएको छ वा छैन रु यदि रोजगारी पाएका छन् भने कुन समुदायका वढि रोजगारी पाउने गरेका छन, महिला अपाँगता भएका व्यक्ति तथा लैगिंक अल्पसंख्यकहरुले पाएका छन् वा छैन, रोजगारी कसरी पाउने गरेका छन, यस रोजगार अन्तर्गत कामको अवसर पाएका महिलाहरुले रोजगारीको क्रममा कुनै प्रकारको दुव्र्यवहार भोग्नु परेका छन वा छैन, तपाईहरुको पालिकामा रोजगारीको हक सम्वन्धी ऐनले तोके बमोजिमको स्थानीय रोजगार संयोजक नियुक्त भएका छन् वा छैनन्, यदि प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छैन भने कार्यान्वयन हुन नसक्नुमा कहाँ कहाँ कमी कमजोरी तथा चुनौति देख्नुहुन्छ जस्ता प्रश्न मार्फत विचार लिईएको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्दै यदि काम पाएको छ भने रोजगारीको अवसरबाट जिवीकोपार्जनका लागि के कति सहयोग भएको छ होला, तपाईको पालिकाबाट रोजगारी प्रवद्र्धनको लागि कुनैशिपमूलक तथा आयमूलक तालिमहरु संञ्चालन गरेका छन् वा छैनन्, यदि छ भने कुन कुन शिपमूलक तथा आयमूलक तालिमहरु संञ्चालन गरेका छन्, यस कार्यक्रम प्रभावकारी छन वा छैन यदि छैन भने थप प्रभावकारी बनाउन र लक्षित वर्गसम्म यसको लाभ पुर्‍याउनका लागि निकायले देहायका क्षेत्रमा के कस्तो पहल गर्नुपर्ला जस्ता पश्नको उत्तर लिईएको छ
समीक्षामा सहभागिहरुबाट प्राप्त उत्तरहरु लिखित रुपमा सहजकर्ताले जुरी नेपाललाई उपलव्ध गराए छन ।