आज पश्चिमी क्षेत्रका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार देशका अन्य प्रदेशमा भने हल्कादेखि मध्यमखालको वर्षा हुनेछ।

प्रदेश(१ मा अहिले पनि पानी परिरहेको मौसमविद् शाक्यले बताउनुभयो । यस्तै, वाग्मती प्रदेशमा भने दिउँसो पछि पानी पर्ने सम्भावना छ ।

भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा मनसुन थप सक्रिय भएको छ । अब एकरदुई दिन नै पानी पर्ने मौसमविद्ले बताएका छन् ।