मेलम्ची बाढीपहिरो प्रभावितको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवा ।

मेलम्ची बाढीपहिरो प्रभावितले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिकाका प्रभावितले केहीबेर अघि बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।
मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले तत्काल बस्ती जोगाउन तटबन्ध निर्माण गर्नुपर्ने, नदीलाई पुरानै धारमा फर्काउन पहल गनुपर्ने, बाढीमा पुरिएका घर र खेत जोगाउन माटो व्यवस्थापन गनुपर्ने, बाढीले व्यवसाय गुमाएका व्यवसायीलाई क्षतिपूर्तिको प्याकेजको व्यवस्था गर्नु पर्ने, ऋण मिनाहा र ब्याजमा सहुलियतको व्यवस्था गर्नुपर्ने, किसान, उद्योगी, विद्यार्थी र व्यापारीका लागि अल्पकालीन र दीर्घकालीन राहत प्याकेज र हेलम्बु र मेलम्चीमा बेलिब्रिजको व्यवस्था गर्न लगायत माग राख्दै १० बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले बाढीपहिरो प्रभावितको माग पूरा गर्न आफू सकारात्मक रहेको बताउनुभयो । सिन्धुपाल्चोकको मेलम्चीमा गएको असार १ गते आएको बाढी पहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा धेरै क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस्