तीन महिनादेखि तलव भत्ता नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कोभिड भत्ता पाउनु पर्ने माग राखेर आज प्रशासन, लेखा र स्टोर कक्षमा तालाबन्दी गरेका छन् । तीन महिनादेखि तलव भत्ता नपाएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । आफ्नो ज्यानको प्रवाह नगरि कोभिड महामारीमा खटिँदा समेत जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आक्रोशित भएका हुन् । आन्दोलनरत स्वास्थ्यकर्मीहरुले बाँकी तलव र जोखिम भत्ता एकमुष्ट पाउनुपर्ने माग गरेका छन् । माग सम्वोधन नभए थप सशक्त आन्दोलन चर्काउने चेतावनी दिएका छन् । अस्पतालले भने एकमुष्ट तलवभत्ता दिने अवस्था नरहेको बताएको छ । अस्पतालका उपनिर्देशक श्याम शर्माले कोभिड महामारीका कारण अस्पताल घाटामा रहेको भन्दै एकमुष्ट तलवभत्ता दिन सक्ने अवस्थामा अस्पताल प्रशासन नरहेको बताए । ‘तलवभत्ता नदिने भनेका छैनौं उनले भने–‘अस्पतालको अवस्थापनि आन्दोलनकारीले बुझ्नु पर्छ । लोनको प्रोसेसमा छौं साउन पहिलो सातासम्म एक महिनाको तलव पाउनुहुन्छ ।’ उनले अहिले अस्पताल ५० करोड घाटामा रहेको पनि दावी गरे ।
प्रतिक्रिया दिनुहोस्