कोरोना विरुद्धको खोप वितरणमा समानता होस्–बान कि मुन ।

संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताउनुभएको छ । उहाँले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिनुभएको हो । एक भिडियो कन्फ्रेन्समा बोल्दै उहाँले भन्नुभयो–ुयो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ ।ु उहाँले कोरोना भाइरसले चाँडो चाँडो मानिसको ज्यान लिइरहेको बताउनु भएको छ ।
साथै उहाँले अहिले मानिसहरु जलवायु परिवर्तनको चपेटामा परिररहेको बताउँदै यी दुवै समस्याका विरुद्धमा विश्व एक भएर लड्नुपर्नेमा पनि जोड दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्