डयुटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु

काठमाडौं । सप्तरीमा ड्युटीमा खटिरहेका एक प्रहरी हवल्दारको एक्कासी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेको बखत बिहीबार बिहान उदयपुर घर भएका ३७ वर्षीय मगरको एक्कासी मृत्यु भएको जनाइएको छ । हवल्दारको मृत्यु के कारणले भएको थियो भन्ने विषय अझै खुल्न सकेको छैन । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्