चितवन । चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ ।

विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मीले बताए । उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।

बैंक आइतबार खुले पनि सोमबार बन्द थियो। सुरक्षा गार्ड र एकजना कर्मचारी मात्रै भएका बेलामा घटना भएको हो । बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । आगोको ज्वाला नदेखिए पनि कार्यालय भवन धुवाको मस्श्लोले भरिएको थियो ।

बिहान ११ः २० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण भने आउन बाँकी रहेको उनले जानकारी दिए ।