झापामा ६२ वर्षीय बृद्धमा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ४९ पुग्यो
काठमाडौं । शुक्रबार कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।




प्रतिक्रिया दिनुहोस्