नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जना र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ जना गरी ९ जनामा कोरोना पोजेटिभ देखिएको हो।

मंगलबार दिउँसो पनि एक जनामा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो। योसँगै मंगलबार नेपालमा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार थपिएका १० जनासहित नेपालमा ४१ जनामा कोरोना संक्रमण भेटिएको छ। यी मध्ये ४ जना उपचारपछि निको भइसकेका छन्।