भारत । गत सोमबार निधन भएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पिताको आज अन्त्यष्टि गरिँदैछ । आज उनको अन्त्यष्टि गरिने भए पनि कठोर धार्मिक स्वभावका आदित्यनाथ आफ्नै पिताको अन्त्येष्टिमा सहभागी नहुनुलाई अनौठो र अस्वभाविक रुपमा लिइएको छ ।

आज उनको अन्त्यष्टि गरिने भए पनि मुख्यमन्त्री आदित्यनाथले लकडाउनको कार्यान्वयन र कोरोनाभाइरस विरुद्धको लडाईंका कारण उपस्थित नहुने बताएका छन् । उनको अन्त्येष्टिमा मलामीहरुको सङ्ख्या पनि न्युन गराउन जोड दिएको पनि मुख्यसचिव अवस्थीले बताए। उनको मृत्यु नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भएको थियो।