नेपालमा कोरोना अपडेट : ८ हजार १७ जनाको परीक्षण, ३१ जनामा पोजेटिभ

काठमाडौँ । नेपालमा हालसम्म ८ हजार १७ मानिसहरुमा कोरोनाको परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य ७ हजार ९ सय ८६ जनाको परिणाम नेगेटिभ आएको छ भने ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
३१ संक्रमित मध्य ३ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् । बाकी २८ जना संक्रमितलाई आइसोलेशन वार्डमा राखिएको छ । नेपालको पहिलो संक्रमित ३२ वर्षका पुरुष , दोश्रो संक्रमित १९ वर्षकी महिला र छैटौ संक्रमित ६५ वर्षकि वृद्ध महिला पूर्ण रुपमा निको भएर घर फर्किएका हुन् ।
यसका साथै बिदेशमा कोरोनाका कारण मृत्यु हुने नेपालिको संख्या २८ पुगेको छ । १ हजार १ सय ६६ गैरआवासीय नेपालीहरु आइसोलेशनमा छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
प्रतिक्रिया दिनुहोस्