नयाँ वर्ष मनाउन जाँदा सुन, गहना र पैसा चोरी

बझाङ । नयाँ वर्ष मनाउन लकडाउनका बेला जिल्ला सदरमुकाम चैनपुरस्थित कोठा छोडेर गाउँको घरमा गएका श्याम परियारको कोठामा ताल्चा फुटाएर एक थान ल्यापटप, सुनचाँदीका गरगहनासहित नगद पैसा चोरी भएको छ ।
कोठाको ढोकामा बिग्रेको ताला झुन्ड्याएको देखेपछि परियारका छिमेकीले फोनमार्फत खबर गरेका थिए । कोठामा आउँदा सामान चोरी भएको देखिएको उनले बताए । सदरमुकाम चैनपुरको समता स्कुलअगाडि रहेको उनको कोठालगायत उनका छिमेकी वीरु ओखेडाको घरमा पनि ताल्चा फुटाएर सुनका गहना, टिभी र नगद पैसा चोरी भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्