दार्चुलामा चटयाङबाट ७ वर्षीय बालिकाको मृत्यु
काठमाडौ । दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका वडा नम्वर ६ मा चट्याङ लागेर स्थानीय भद्रसिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहीका अनुसार अन्य चार जना घाईते भएका छन् । घाईते सबैको गोकुले अस्पतालमा उपचार भईरहेको उनले बताए ।
चट्याङले घर पूर्ण रुपमा क्षति हुनुका साथै गाई र गोरु समेत मारिएका छन् ।




प्रतिक्रिया दिनुहोस्