लकडाउन अवधिमा दुई अर्बको दूध नोक्सान

काठमाडौं । कोरोना भाइरसको त्रास फैलिएसंगै नेपाल सरकारले गरेको लकडाउन अवधिमा करिब दुई अर्बको दूध नोक्सान भएको छ । नेपाल डेरी एशोेसिएशनका अनुसार दुग्ध र दुग्धजन्य वस्तुको खपत बढी हुने शहरी क्षेत्रमा बस्दै आएका अधिकांश नागरिक गाउँ फर्केकाले दूध र दुग्धजन्य पदार्थको खपत ७० प्रतिशतले घटेको जनाइएको छ ।
सरकारले अन्य क्षेत्रका व्यवसायमा जस्तै शून्य ब्याजमा ऋण, भ्याट तथा कर छुट, किसानलाई तत्काल पशुलाई खुवाउने दानाको व्यवस्थापन र दूध खेर जाँदा त्यसको उचित व्यवस्थापन गर्न एशोसिएशनले माग गरेको छ ।
डेरी एशोसिएसनको तथ्यांकानुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको छ । भने कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेको शोसिएसनले जनाएको छ ।
एशोसिएशनले वाग्मती प्रदेश सरकारले राहत प्याकेजमा आधा किलोको दरले घिउ समावेश गराउने निर्णय गरेजस्तै अन्य प्रदेशलाई समेत राहत प्याकेजमा घिउ समावेश गर्न आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्