काभ्रे । काभ्रेमा गरिएको र्‍यापिड टेस्टमा दुई युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ छ ।

वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ । स्वाबको नमूना संकलन गरी परिक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

बेथान्चोक–५ का ती युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए। यस्तै मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवा भने चैत ७ गते दुबईबाट फर्किएका थिए। नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर उनिहरु घर गएका थिए। उनीहरुको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राखिएको छ।