काठमाडौं । एक शशक्त र आकर्षक जागिरको रूपमा लिइने पाइलटको तलब घटेको छ । बेसिक ५ लाख सम्म तलब लिइदै आएका पाइलटको तलब घटेर ७५ हजार देखि १ लाख २५ हजारसम्म दिने निर्णय वायुसेवा संचालक संघले गरेको छ । वायुसेवा संचालक संघले मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

संचालक सघका प्रवक्ता योगराज कडेलले भने बेसिक तलबमा कम्पनीले आवश्यकता अनुसार भत्ताको व्यवस्था गर्न सक्नेछन् । संघले निर्णय गरेर सम्बन्धित कम्पनीमा हस्ताक्षरका लागि पठाएका छौ । कोरोना भाइरसको प्रभावले हवाई क्षेत्र संकटमा परेपछि सघले पाईलट सहित अन्य कर्मचारीको तलब कटौती गरेको हो ।

इन्जिनियरहरुको पनि बेसिक तलब ५० देखि ७५ हजारसम्म निर्धारण गरेको छ ।