काठमाडौं । विश्वब्यापी माहामारीको रुपमा फैलिएको रहेको कोरोना भाइरस (कोभिड १९) का कारण हाल देशभर विकास निर्माणका कामहरु रोकिएका छन् । यो समय निर्माण व्यवसायिको लागि कामकको समय भएको हुँद व्यवसायीहरुले आ आफ्नो परियोजना स्थलमा आवश्यक सबै सामाग्री आपुर्ति गरिसकेको हँुदा नेपाल सरकारले निर्माण कार्यमा तत्काल सुरक्षा अपनाई काम सुरु गर्नको लागि निर्माण व्यवसासी महासंघले नेपाल सरकारसंग अनुरोध गरेको छ ।

अरु निर्माणको काम पछि गरेपनि हुने तर नदिमा निर्माण हुने पुलको काम पानी आएपछि गर्न नमिल्ने भएको कारणले गर्दा पुल निर्माण कार्य तत्काल अगाडि बढाउन लागेको महासंघले जनाएको छ ।

निमार्ण व्यवसायिहरुले पुल निर्माणको लागि अर्बौको लगानी गरी निर्माण स्थलहरुमा निर्माण सामाग्री पुर्याइसकेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

पुल निर्माणको लागि निमार्ण व्यवसायिले स्लाव,ढलान गर्ने र्फमा राखि रड समेत बाधि सकेको र प्रिस्टेज पुल निर्माणको लागि हुनाले टेण्डम तार जडान गरी सकेको हुनाले यस्ता कार्य वर्षा सुरु भए पछि गर्न नसकिने भएको कारणले गर्दा वर्षा सुरु हुनु अगाबै सक्नु पर्ने महासंघको भनाइ छ ।

यदि यो कार्य तत्काल गर्न सकिएन भने अर्बौको रकम डुब्ने महासंघले जनाएको छ । साथै पुल निर्माणको लागि आवश्यक पर्ने टेण्डम तार तान्ने मेसिन लगायतका उपकरणहरु र निर्माण सामाग्रि तथा ‘खाद्यान्न वस्तुको ढुवानी गर्न पुलका प्राविधिकहरु र मजदुरहरुको आवातजावतको लागि अनुमती पासको व्यवस्था मिलाइदिन महासंघले सरकारसंग आग्रह गरेको छ ।