काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

कामु गभर्नर चिन्तामणी शिवाकोटी र पूर्व अर्थ सचिव डा. राजन खनाललाई पछि पार्दै अधिकारी गभर्नर नियुक्त भएका हुन् । नेपाल राष्ट्र बैंकको पूर्व डेपुटी गभर्नर रहेका अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।