पाँचौँ कोरोना सङ्क्रमित : राती नै पुर्याइयो अस्पताल
बागलुङ । नेपालमा पाँचौँ कोरोना सङ्क्रमितको रूपमा पुष्टि भएकी बगलुङकि युवतीलाई शनिवार राती नै अस्पताल पुर्याइएको छ ।
उनलाई धौलागिरी अञ्चल अस्पतालको आइसुलेसन वार्डमा राखिएको बागलुङ जिल्लाका स्वास्थ्य प्रमुख सुरज गुरौले टेलिफोन सम्पर्क मार्फत सी.आई.ए नेपाललाई जानकारी दिए ।
प्रमुख गुरौले सङ्क्रमितको अवस्था सामान्य भएको र उनलाई करिब रतको १० बजे तिर अस्पताल पुर्याइएको बताएका छन् ।
पाँचौ कोरोना संक्रमित युवतीलाई अस्पतालमै बस्नु भन्दा नमानेपछि..
पूरा समाचार पढ्नुहोस्
सङ्क्रमितलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा क्षेत्रीय अस्पताल पोखरा उपचार गर्ने भन्ने बारे बहस भएपनी उनको अवस्था हेरेर अञ्चल अस्पतालमा पुर्याइएको प्रमुख गुरौको भनाइ छ ।
गृह र स्वास्थ्य मन्त्रालय सँगको समन्वयमा नै उनलाई अञ्चल अस्पताल पुर्याइएको हो ।




प्रतिक्रिया दिनुहोस्