चीनबाट आगामी तीन दिनभित्र स्वास्थ्य सामग्री आउँछ : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । सरकारले आगामी तीन दिनभित्रै चीनबाट कोरोनो संक्रमण रोकथामका लागि आवश्यक औषधी र उपकरण ल्याइसक्ने जनाएको छ ।
कोरोना रोकथाम उच्चस्तरिय समन्वय समितिको मंगलबार बसेको बैठकले मिछेकी मुलुकहरुबाट आवश्यक औषधी तथा उपकरण ल्याउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सरकारले आगामी शुक्रबार भित्र चीनबाट आवश्यक औषधी र उकपरण ल्याइसक्ने वातावरण बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
बुधबार आयोजीत पत्रकार सम्मेलनमा उनले भने–‘आगामी ३ दिनभित्र मित्र राष्ट्र चीनबाट आवश्यक औषधी र उपकरण आईपुग्छन्, त्यसका लागि सरकारले सबै प्रक्रिया पुरा गरिसकेको छ’, मन्त्री ढकालले पत्रकार सम्मेलनमा भने । त्यसरी ल्याईएका औषधी र उपकरण प्रदेशरुमा तत्काल पुर्याउने गरि आन्तरिक संयन्त्र समेत तयार भैसकेको उनले जानकारी दिए । उनले शुक्रराज सरुवा रोग अस्पताललाई माध्यम अस्पतालका रुपमा प्रयोग गरेर संक्रमित पत्ता लगाउने र उपचारका लागि पाटन अस्पतालको प्रयोग गर्ने जानकारी पनि दिए ।
त्यस्तै, कोरोनाको संक्रमण रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्य कर्मीहरुका लागि आवश्यक पीपीई निर्माणको काम पनि पाटन अस्पताल र धुम्बाराहीमा धमाधम भैरहेको पनि उनले बताए । केहि दिनभित्रै आवश्यक मात्रामा पीपीई सबै ठाउँमा पुर्याईसक्ने उनले प्रतिवद्धता जनाए ।
मन्त्री ढकालले कोरोनाको सबै उपचारको जिम्मा सरकारले लिएको बताउँदै लक डाउन कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । सरकारले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा कोरोनाको परिक्षण प्रयोगशाला स्थापना गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी समेत दिए ।
प्रतिक्रिया दिनुहोस्