प्रतिनिधिसभाको बैठक चैत्र २३ गतेसम्मका लागि स्थगित

काठमाडौं । बिहीवारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक आगामी २३ गतेसम्मका लागि स्थगित गरिएको छ । चैत ६ गते १३ गते बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
कोरोनाको सम्भावित महामारीका कारण २३ गतेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको हो ।
कोरोना संक्रमणको खतरा टरेमा २३ गते दिउसो १ः०० बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसदका कार्यबाहक महासचिज गोपालनाथ योगीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्