काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् ।

सरकारले घरबाट ननिस्किन भनेर जारी गरेको आदेश उल्लंघन गरी विना कामकाज घर बाहिर निस्किएका १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

प्रहरीले चितवनको नारायणगढ, टाँडी र भरतपुर क्षेत्रबाट १० जनालाई नियन्त्रणमा लिएको हो । सरकारले मंगलबार ६ बजेदेखि लागू हुने गरी १ हप्ते लकडाउनको आदेश जारी गरेको छ । आदेशको उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही गरिने जनाइएको छ ।