चैत २१ गतेसम्म ‘व्यापार–व्यवसाय’ बन्द गरिने

काठमाडौं । ललितपुरका तीन वटा व्यापारसँग सम्बन्धीत संस्थाले आजदेखि चैत २१ गतेसम्मका लागि व्यापार बन्द गर्ने निर्णय गरेका छन् ।
ललितपुर चेम्बर अफ कमर्श, ललितपुर तयारी पोशाक व्यापार संघ र कुमारीपाटी जावलाखेल व्यापार संघद्धारा हस्ताक्षर विज्ञप्ति जारी गरेर व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेका हुन ।
गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना कोभिड १९ भाइरसका कारण सबैलाई सुरक्षित रहन सेल्फ क्वारेन्टाइनमा बस्न भनेपछि ललितपुर व्यापारमा संलग्नहरुलाई समेत आफ्नो व्यापार व्यवसाय बन्दगरी सेल्फ क्वारेन्टाइनमा रहने योजना विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्