अब सडकमा मापसे हैन कोरोना जाँच !

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोना सङ्क्रमणको उच्च जोखिममा राखेसँगै नेपाल सरकारले उच्च सतर्कता अपनाएको छ ।
महानगरीय ट्राफिक प्रहरीले शुक्रवारबाट सडकमा मादक पदार्थ सेवन (मापसे) जाँच समेत नगर्ने निर्णय गरेको छ । तर विशेष वा अत्यावश्यक अवस्थामा भने अस्पतालमा लगेर मापसे जाँच गराउने निर्णय गरेको छ ।
यसरी सावधानीका विभिन्न कार्यहरू धमाधम भइरहँदा सडक सञ्जाल मार्फत आवतजावत गर्ने यात्रुहरूमा भने चेक जाँच वा सावधानी फितलो भएको पाइएको छ । हिजो ट्राफिक प्रहरीले प्रयोग गर्दै आएको मापसे जाँच बन्द भएको अवस्था रहिरहँदा मापसेको स्थानमा कोरोना जाँच गर्नुपर्ने अवस्था रहेको छ ।
विमानस्थल र नाकाहरूमा कोरोना परीक्षण गर्ने गरेको पाईए पनि यातायातमा किन फितलो भइरहेको छन्ने कुराको जवाफ राज्यसँग छैन । करोनाको त्रासले चार दिनमा करिब चार लाख मानिसले काठमाडौँ छाडेर सुरक्षित स्थान तर्फ लागिसेका छन् ।
यसरी सवारीमा मानिसको चाप अत्यधिक हुँदा पनि सावधानीमा फितलोपना देखिएको छ । कोरोनाको डरले मापसे जाँच रोक्ने कार्य भइरहँदा त्यही मापसेको स्थानमा कोरोना जाँच किन नगर्ने ?
सो कार्यको थालनी गर्ने हो भने यसबाट, सर्वसाधारण यात्रुहरूलाई समेत कोरोना भयबाट केही राहत मिल्ने छ । सडक यातायातलाई पनि कोरोना सङ्क्रमणबाट सुरक्षित रहन केही सहयोग मिल्ने देखिन्छ । यसकालाई सम्बन्धित क्षेत्रले सम्भाव्यता अध्ययन गरी सो कुराको निर्धारणमा यथा शीघ्र ध्यान जान आवश्यक रहेको छ ।
सीमा नाकाहरूमा कोरोनाको लागि विशेष सतर्कता अपनाइको झुटो आश्वासन सरकारले दिइरहँदा शनिवार बिहान कञ्चनपुरमा भएको घटनाले सबैको ध्यान तानेको छ । भारतमा बसोबास गर्दै आएका नेपालीहरू कञ्चनपुरको गड्डाचौकी नाकाबाट हुलबाधिएर नेपाल प्रवेश गरे । जसमा पनि सरकारको अनुगमन नभएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्