काठमाडौँ । असारको महिना त्यसै पनि तराई क्षेत्रमा उखरमउलो गर्मी,शित्तल छहारीको सँगै चिसो पेय पदार्थहरुको खोजी प्रायजसो भइरहन्छ । चिसो हावा चल्दा त ठिकै हो त्यो हावा पनि नचल्दा गर्मीले ज्यान नै लेला जस्तो बनाउँछ । पुर्ब पश्चिम राजमार्ग प्रायजसो दैनिक ओहोरदोहोर गरिन्छ । काम पनि त्यस्तै छ नहिँडी सुखै छैन । राजमार्गको तातो रापमा शरिर सेकाईएन भने बिहान बेलुका हात जोर्न समस्या हुन्छ ।

राजमार्गको साईडमा चोकै पिच्छे खुलेका सेकुवा कर्नरमा दिन ढल्किँदै जाँदा सेकुवाको बास्नाले आकर्षित गर्छ । जाँउ भने गोजी खाली छ नजाउँ भने सेकुवाको बास्नाले भोको पेटमा हुरुक्क बनाउँछ । कति दिन त मैले गोजीमा पैसा नहुँदा सेकुवा पसलको अघि शित्तल ताप्ने बाहानामा उभिएर भरपुर बास्नाको उपयोग गर्दै मन शान्त पारेर फर्किएको छु ।

जीवनका अनेकथरि रंगिन सपनाहरु सजाउँदै तातो घाममा राजमार्गमा पुर्बबाट पश्चिम तर्फ हुईँकिदै थिए । ईटहरीबाट करिब ३ किलोमिटर पश्चिम लागेपछि मोबाईलमा किर्रर‘मोबाईलको घण्टी बज्छ । फोन उठाउन पनि धेरैबेर सोच्नुपर्छ । किनकी कामका र बेकामका फोनहरुले हैरान बनाईरहन्छन । प्रायजसो निशुल्क सेवा लिनेहरुको फोन नै बढी आँउछ । आफनो फाईदा हुने किसिमका फोनहरु कमै आउँछन । फोन उठाउनै पर्यो । यसो साईडमा बाईक राखेर फोन उठाएँ । बाटोबाट दक्षिणतर्फ रहेको एउटा होटलको गेटबाट एउटा युवतीले होटलतर्फ आउन आग्रह गरिन् । मैले सोचेँ सायद उनी मेरो चिनजानको कोही हुन् । उनी मसँग केही भन्न चाहान्छिन ।

मैले बाँकी दायाँबाँया केही सोचिँन । बाईक अड्याएर त्यतातर्फ गएँ । उनले बडो आदरपुर्बक भित्र लगिन् । होटलका भित्र केही क्याबिन थिए । सबै क्याबिनमा पर्दा थिए । एउटा क्याबिन खुल्ला थियो । उनले बडो आदरपुर्बक त्यहिँ बसालिन् । हजुर सँग धेरै कुरा गर्नु छ म आईहाल्छु भन्दै बाहिरिन् । केही क्षणमा उनी एक हातमा प्लेटमा मासु र अर्को हातमा एउटा वाईन र दुईवटा गिलास लिएर भित्र छिरिन् । म त खाँन्न भन्न नपाउँदै हजुर अरु नै खानुहोस न त भन्दै उनी आफै गिलासमा वाईन हालेर पिउन थालिन् ।

त्यतिबेला म झसंग भएँ । कुनैदिन एकजना साथीले राजमार्ग आसपासका होटलमा आफु लुटिएको कुरा सुनाएको थियो । मैले पत्याएको थिईन । किनकी मानिस पैसाको लागी त्यति सम्म गिर्न सक्छ भन्ने मैले सोचेकै थिईँन । उनले कतिबेला मासु र रक्सी सिध्याईन मैले पत्तै पाई्रन । उनले के सोच्नु भएको छिटो काम गर्नु,ढिलो भयो भनिन् । मैले के काम भनेको उनले कस्तो गोथे रैछ,छैन कि क्या हो भन्दै उठेर हिँडिन् । केही क्षणमा टेबुलमा बिल आयो बिलमा २ हजार उल्लेख थियो ।

कपडा किन्न राखेको ३ हजार रुपैया मध्ये पेन्टको भित्री गोजीमा १ हजार मात्र खर्च गरी बचाएर राखेको थिएँ । त्यहि रुपैया तिरेर त्याहाँबाट टाप कसेँ । बाहिर निस्किँदै मात्र के थिँए । राजमार्गका यात्रा गरिरहेका एकजना छिमेकीले देखेछन । उनले उडाउनु उडाए । त्यो खबर उनले मेरा साथी मात्र होईन घर सम्म पुर्याएछन । घरमा बडो ईमान्दार छोरो त्यसदिन देखि परिवारको नजरमा समेत बेईमानको परिचय बनेको थियो । पछि केही जानकारहरुबाट थाहा भयो त्यो होटल त बाहिर होटलको आबरणमा काँचो र पाकेको दुबै मासु बेच्ने अड्डा पो रहेछ ।

राजमार्ग आसपासमा खुलेका धेरै होटलहरुमा पछिल्लो समय काँचो र पाकेको दुवै मासु पाईँदो रहेछ । खुलेआम रुपमा यसरी काँचो मासुको ब्यापार हुँदा पनि प्रशासन समेत रमिते बन्दो रहेछ । ड्युटीमा बोर भएकाहरुको रमाईलो गर्ने ठाँउ मात्र नभएर ती होटलहरु यौन ब्यबसाय गर्ने अखडा बनेका रहेछन । पुर्बपश्चिम राजमार्गको बिर्तामोड देखि ईटहरी सम्मको क्षेत्रमा खुलेका धेरै होटलहरुमा खुलेआम रुपमा यौनधन्दा हुँदा पनि सम्बन्धित निकाय मौन नै बस्ने गरेका छन् ।