इटहरी । सुनसरी जिल्लाका धरान र इटहरी उपमहानगरपालिकाले आज मङ्गलवार सार्वजनिक बिदा दिएका छन् ।

धरान उपमहानगरपालिकाका पूर्वउपमेयर कृष्णनारायण पलिखेको गत आइतबार निधन भएकाले दुख व्यक्त गर्दै धरान महानगरपालिकाले आज मङ्गलवार सार्वजनिक विधा दिएको हो ।

त्यस्तै तीर्थयात्रामा भरत गएका इटहरी उपमहानगरपालिकाका १० जनाको सडक दुर्घटना परी निधन भएकाले इटहरी उपमहानगरपालिकाले पनि आज शोक बिदा दिएको हो ।