बढ्यो डलरको भाउ, हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४९ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ २२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्