काठमाडौँ । दलालसँग मिलेर सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसन खाने प्रयत्न गरेको अडियो सार्वजनिक भएपछि निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा विवादमा तानिएका छन् ।

यति बेला अख्तियारले उक्त प्रिन्ट खरिदका सम्बन्धमा आवश्यक सम्पूर्ण कागजातको अध्यान अनुगमन सुरु गरिसकेको अवस्था छ । अख्तियारले बाँस्कोटा माथि निगरानी बढाई रहेको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २१ अनुसार बाँस्कोटाको भ्रष्टाचारको कसुरको लागि उद्योग गरेको ठहर भए ८ वर्षसम्म कैद र २५ करोड ४५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।