मेक्सम बहिरीए च्याम्पियनबाट, फिनाले पन्तले जित्ने ?

काठमाडौं। ‘कमेडी च्याम्पियन’ को उत्कृष्ट ३ मा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुग्न सफल भएका छन् । उत्कृष्ट चार जनामध्ये एक जना बाहिरिएपछि उनीहरु टप ३ मा सुरक्षीत भएका हुन् । उत्कृष्ट चारसम्म पुगेका बिष्णु प्रसाद पौडेल ‘मेक्सम’ फाइनलमा नपुग्दै बाहिरिएका छन् ।
२६औं शृंखलामा पफर्मर अफ द राउन्ड हुँदै हिमेश पन्त ग्रान्ड फिनालेमा यस अघि नै पुगिसकेका छन् ।ग्रान्ड फिनालेमा सुमन कोइराला, हिमेश पन्त र खड्गबहादुर पुनलाई देखिने छ ।सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् ।
च्याम्पेनमा हिमेश पन्तको भोट अहिले सम्म ज्यादा देखिएकाले उनले जित्ने सम्भावना बढी देखिएको छ । कमेडी सर्कलबाट आफ्नो फ्यान फलोइङ बढाएका पन्तले च्याम्पियन जित्ने दरिलो आधार देखिन्छ । तर बाँकी दुई प्रतिस्पर्धी पनि फाइनका लागि निकै लागिपरेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्