पोखरा पुगेका प्रम ओलीलाई कालो झण्डा, ६ जना पक्राउ


कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्दा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा आएका ओलीलाई समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र काँग्रेस निकट नेविसंघका कार्यकर्ताले कालोझण्डा देखाउन खोजेका थिए ।
पोखराको जनप्रिय क्याम्पस नजिकै उनीहरुले नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोजेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा समाजवादी विद्यार्थी युनियनका विशाल तिमिल्सिना, नेत्र चापागाईं लगायत ४ जना रहेका छन् । त्यसैगरी नेविसंघ निकट भीरध्वज जङ्ग पौडेल (जिएमसी उपाध्यक्ष) र असिम पौडेललाई समेत पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्