काठमाडाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि आज अहमदाबाद आएका छन् । उनलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।ट्रम्पले अहमदावादमा आयोजित ‘नमस्ते ट्रम्प’ समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो समारोहमा लाखौं भारतीय नागरिक सहभागी हुने बताइएको छ ।श्रीमती मेलानियासँगै भारततर्फ उड्नुअघि उनले भारत पुग्न आफू आतुर भएको प्रतिक्रिया दिएका थिए ।कार्यतालिका अनुसार ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी आजै मोदीको गृहनगर गुजरात जानेछन्।

उनी अहमदावादको सबैभन्दा ठूलो क्रिकेट रङ्गशाला मोटेरा स्टेडियममा हुने ‘नमस्ते ट्रम्प’ कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । ‘नमस्ते ट्रम्प’ कार्यक्रममा सहभागी हुनुअघि मोदीले ट्रम्पलाई सावरमती आश्रममा स्वागत गर्ने कार्यक्रम छ । नमस्ते ट्रम्पको अवधारणा गएको वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउ दी मोदी’ कार्यक्रमको जस्तै रहेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि भारतमा पाँच लंगुर पनि खटाइएको छ।

ट्रम्प दम्पत्तिले भारतको आगरामा रहेको ताज महलमा भ्रमण गर्ने तालिका रहेको छ। त्यहाँ बाँदर थुप्रै भएकाले उनीहरूसँग लड्न र सुरक्षाका लागि पाँच लंगुर पनि खटाइएको भारतीय सञ्चार इण्डिया टुडेले जनाएको छ।उनीहरूको सुरक्षाका लागि अमेरिकन सिक्रेट सर्भिस, पारामिलिटरी फोर्सका १० कम्पनी, पीएसी र एनइसजी कमान्डोको १० कम्पनीलाई खटाइएको छ।

संकेतिक तस्बिर