काठमाडौँ । सुनको भाउ एकै दिनमा १५ सयले बढेसँगै तोलाको ८० हजार भन्दा माथि पुगेको छ । आज तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

केही दिन देखी उकालो लागिरहेको सुनको भाउ आज अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको हो । सुनको भाउ बढ्नुमा चीनलगायतका देशमा कोरोना भाइरस फैलनु रहेको महासङ्घले जनाएको छ ।

यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।