काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको अवकाश नजिकिँदै गर्दा भावी नेतृत्वमा आउने दौड सुरु भएको छ । डा.नेपाल ७ चैतबाट बिदा हुँदै छन्। एक महिनाअघि बिदा बस्ने सामान्य प्रचलन भए पनि उनी अहिलेसम्म बिदा बसेका छैनन् ।

उनको ठाउँमा ५ वर्ष राष्ट्र बैंकको नेतृत्व गर्न दौडधूप चर्किएको हो। यस्तो दौडमा राष्ट्र बैंककै सञ्चालक डा.सुवोधकुमार कर्ण सबैभन्दा अघि रहेको सम्बद्ध स्रोतले बताएको छ। ‘बाहिर हल्ला नगर्ने तर भित्रभित्रै निकै  मेहनतमा उनि लागेका छन्’, प्रधानमन्त्री कार्यालयसम्बद्ध स्रोतले भन्यो।

राष्ट्र बैंकको गभर्नरको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ। बहालवाल अर्थमन्त्रीको संयोजकत्वमा गठन हुने तीन सदस्यीय समितिको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने भएकाले प्रधानमन्त्रीको निर्णय नै सर्वमान्य हुन्छ। त्यसैकारण गभर्नरका दाबेदार सीधै प्रधानमन्त्रीसम्म पहुँच स्थापित गर्न खोज्छन्।

जस्कालागी कर्ण नै गभर्नरको दौडमा अगाडि रहेको समाचार स्रतले बताएको छन्। गभर्नरमा कर्ण नियुक्त हुने पक्का जस्तै देखिन्छ ।