काठमाडौँ । लगानीकर्ता उत्साहित बनेसँगै आज साताको पहिलो दिन शेयर बजारमा ३ अर्व ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपैयाँको कारोबार भएको छ । उक्त कारोबार रकम  नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को इतिहासमै सबै भन्दा धेरै हाे । कारोबारको नयाँ रेकर्ड कायम भएसँगै ६९ दशमलव ५६ अङ्कले बृद्दी भएर  परिसूचक १५ सय ४ दशमलव १४ अङ्कमा पुगेको छ । आज सबै भन्दा बढी आम्दानी गर्नेमा ट्रेडीङ्ग र बैङ्किङ क्षेत्र रहेका छन् । यसैगरी फस्ट माइक्रो फाइनान्स बिकास बैंकका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा तारागाउँ ररिजेन्सी होटेलका लगानीकर्ता रहेका छन् ।

नेप्सेमा उछाल आउनुको कारण अर्थमन्त्री डा. युवराज खतिवडाको मन्त्री पद नरहने हल्ला बाहिर आउनुका साथै नेप्सेले केही हप्ता देखी बुलिस ट्रेन्ड समात्नु पनि रहेको हुन सक्ने अनुमान गरिएको छ। यसैगरी एकै पटक भएको चार ओटा नियमावली संशोधनभएपछी लगानीकर्ताहरु झन् उत्साहित भएको विश्लेषकहरूको बुझाई छ ।