बाँस्कोटाको प्रकरणबारे सरकारले नै छानबिन गर्छ : गृहमन्त्री थापा

हेटौंडा । गृहमन्त्री रमबहादुर थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको विषयमा सरकारले छानबिन गर्ने बताएका छ ।
आइतबार बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाउै सम्बोधन गर्दै गृहमन्त्री थापाले उक्त विषयमा सारकारले नै छानबिन गरी कानुनी प्रकृयाबाटै यो विषयको टुङ्गो लगाउने बताए ।
यस्तै गृहमन्त्री थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी गरे ।
एमसीसीको विषयमा सत्तारुढ दलले गठन गरेको कार्यदलको प्रतिवेदन अध्ययन भइरहेको भन्दै उनले प्रतिवेदनको आधारमा संसदबाट अनुमोदन हुने बताए ।
प्रतिक्रिया दिनुहोस्