सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, करिब ८० हजारमा कारोबार

काठमाडौं । आज साताको पहिलो दिन अईतबार नेपाली बजारमा सुनको मूल्य फेरी पनि उकालो लाग्दै नयाँ किर्तिमान कायम गरेको छ ।
आज सुनको मूल्य प्रतितोला ७८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुत्रबार प्रतितोल ७८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ७ सय रुपैयाँले बढेको हो। सुनको भाउले शुक्रबार पनि ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएका थियो।
यसैगरी, तेजावी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँ प्रतितोलाले बढेर ९ सय २० रुपैयाँमा कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमै कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्