मोरङ्गको सुन्दरहरैँचा नगरपालिका ६ भर्जना पुल डेरा गरी २४ वर्षीय नर बहादुर दर्जी लगायत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ६०मिलीग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले निज दर्जीको कोठा तलासी गर्दा उक्त परिमाणको पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।